“नेपालमा बीवाइडीको ‘एक्सचेन्ज फेस्ट’: पुरानो गाडी साटेर नयाँ ईभी लिन अवसर” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

“नेपालमा बीवाइडीको ‘एक्सचेन्ज फेस्ट’: पुरानो गाडी साटेर नयाँ ईभी लिन अवसर”



काठमाडौं । बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले माघ ९ देखि १३ गतेसम्म ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने घोषणा गरेको छ।

यो फेस्ट काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगन्ज, पोखरा, बनेपा, नेपालगञ्ज र नारायणघाटमा हुनेछ।

यस फेस्टमा ग्राहकले जुनसुकै ब्रान्डको पुरानो गाडी बीवाइडीको एटो ३, डल्फिन र एम ६ मोडलका नयाँ विद्युतीय गाडीहरूसँग साट्न सक्नेछन्।

पाँच दिनसम्म चल्ने मेलामा सहभागी ग्राहकले निम्न लाभहरू पाउनेछन्:

  • उत्कृष्ट मूल्यांकनमा गाडीको एक्सचेन्ज।
  • एक्सचेन्ज बोनस।
  • लोयल्टी बोनस।
  • निःशुल्क प्रिमियम एसेसोरिज।
  • निःशुल्क चार्जर जडानको सुविधा।

प्रकाशित : ८ माघ २०८१, मंगलवार ०८:३०