गार्डियन माइक्रो लाइफको आईपीओ आइतबार बाँडफाँट हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गार्डियन माइक्रो लाइफको आईपीओ आइतबार बाँडफाँट हुने



काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आगामी आइतवार बाँडफाँट हुने भएको छ । यही माघ २ गते प्रि(अलोटमेन्ट सम्पन्न भएको र आइतवार बाँडफाँट गर्ने तयारी गरेको विक्री प्रबन्धक कुमारी क्यापिटले जनाएको छ ।

कम्पनीको आईपीओ १९ लाख ८ हजार ४३१ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङका अनुसार अनलाइन प्रणाली मेरो शेयरमार्फत कम्पनीको आईपीओमा आवेदन परेको हो ।

कम्पनीको आईपीओमा मागभन्दा १३ दशमलव ६६ गुणा बढी आवेदन परेको छ । १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुलेकोमा २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन परेको थियो । यस आधारमा रू। २ अर्ब ५२ करोडभन्दा बढीको आवेदन परेको हो ।

प्रकाशित : ३ माघ २०८१, बिहीबार १७:५६