भन्सार सम्बन्धी कानूनलाई सुधार होइन, फरक विकल्प दिनुपर्छ : वाग्ले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

भन्सार सम्बन्धी कानूनलाई सुधार होइन, फरक विकल्प दिनुपर्छ : वाग्ले

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले भन्सार सम्बन्धी कानूनलाई सुधार गर्ने भन्दा फरक विकल्प दिने बेला भएको बताएका छन् । विहीबार अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञहरुसँग भएको छलफलमा उनले विज्ञहरु भएपछि १० लाई १५ गर्ने खालको सुधारभन्दा पनि ¥याडिकल विकल्प दिनुपर्ने बताए ।

उनले भने, ‘यसलाई सुधार गर्ने कुरा गर्दैगर्दा ७० वर्षदेखि चलेको प्रक्रिया पूरानो भयो । अलिकति फरक विकल्प दिनेबेला भएन र ? तपाईहरु जतिको बुझेका मान्छेहरुले १० लाई १५, १७ लाई १९ जस्तो खालको सुधार उपयोगी होला तर ¥याडिकल विकल्प दिने हो भने सजिलो हुन्थ्यो ।’

यस्तै, उनले कुनै सामान आयात गर्दा त्यसको शूल्क यति, भ्याट उति भनेर आयात गर्ने मानिसलाई ठ्याक्कै थाहा हुने हो भने सजिलो हुने बताए । कति लागतमा आयात गर्दा कति तिर्ने भन्नेकुरा थाहा हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘यो वस्तुको यति शूल्क लाग्छ भन्सार, त्यसमा यति शूल्क थप्छौ, त्यसमा १३ प्रतिशत भ्याट यति लाग्छ भनेर आयात गर्ने मानिसलाई ठ्याक्कै लाग्ने कति हो भन्ने कुरा थाहा होस् । कसैलाई सोध्न जान नपरोस । पैसा खुवाएर तलमाथि पनि गर्न नपरोस् । सामान लिएर आएका मान्छेले सरकारले तोकेको रेटहरु डिजिटल रुपमा तिर्न पाउनुपर्छ ।’

प्रकाशित : ३ माघ २०८१, बिहिबार १६:२३ 16 January, 2025 4:23 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।