काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ को विन्दुमा कायम भएको हो । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स २.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंक घटेको छ।
आज ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ । आज २९६ कम्पनीको एक करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ९३ करोड माथिको सेयर कारोबार भएको छ ।
आज बोटलर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज पोखरा फाइनान्सको सेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २१ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा मिडिलको १४ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशत बढेको छ। बाँकी ४ उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ५.१९ प्रतिशत घटेको छ।
Comment