काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक १.८३ अंक बढेर २५९५.९६ विन्दुमा पुगेको हो। त्यस्तै, आज फ्लोट इण्डेक्स ०.०२ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स २.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक घटेको छ।
आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको सेयर मूल्य घटेको छ ।
नेप्से सामान्य अंक बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन सोमबार छ अर्ब ६५ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज २९९ कम्पनीको एक करोड सात लाख ४५ हजार ४२७ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सुपर मादी हाइड्रोको ३० करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज दोल्ती पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सुपर मादी हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने बाराही हाइड्रोपावर र श्वेतगंगा हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
आज न्यादी हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। १३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।
Comment