काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १५.५४ अंक घटेर २५९४.१३ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ।
आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको सेयर मूल्य घटेको छ । नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन आइतबार करिब चार अर्बको सेयर खरिदबिक्री भएको बजारमा आज ३२२ कम्पनीको एक करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर किनबेच हुँदा छ अर्ब ६५ करोड माथिको सेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । न्यादी हाइड्रोको २८ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन पावर पाटर्नरको १५ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सुपर मादीका लगानीकर्ताले ८.८७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशत घटेको छ। त्यसैगरी, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। बाँकी उपसमूहको परिसूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।









Comment