वरिष्ठ अधिवक्ता कार्कीले पाए सुरेन्द्र बहादुर बस्नेत सम्मान एवम पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वरिष्ठ अधिवक्ता कार्कीले पाए सुरेन्द्र बहादुर बस्नेत सम्मान एवम पुरस्कार



काठमाडौं । स्वर्गीय सुरेन्द्र बहादुर बस्नेत सम्मान एवम पुरस्कार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलाई प्रदान गरिएको छ । बुध्द एयर तथा सर्वोच्च अदालत बार एसोसिएसन, नेपालद्वारा स्थापित उक्त पुरस्कार शनिबार प्रदान गरिएको हो ।

पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ । सुरेन्द्र बहादुर बस्नेत बुध्द एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा अधिवक्ताका रुपमा समेत कार्यरत थिए। उनी निर्वाचन आयोगको प्रथम आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष पनि थिए।

प्रकाशित : 12 January, 2025 12:48 pm