जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीकाे हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीकाे हात खाली



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश नदिने भएको छ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि संस्थाले गरेको छ।

राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारणसभा पेस गरिने संस्थाले जनाएको छ।

प्रकाशित : २८ पुष २०८१, आईतवार ११:०९