विद्युतीय सवारी साधनको प्रयोग गर्न देउवाको सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विद्युतीय सवारी साधनको प्रयोग गर्न देउवाको सुझाव



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले सबैभन्दा बढि ध्यान दिनुपर्ने विषय जलवायु परिवर्तन रहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित जलवायु परिवर्तन सरोकार सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

जलवायु परिवर्तनको समस्या समाधानका लागि पेट्रोल ,डिजेलको प्रयोग कम र विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘नेपालले सबैभन्दा बढि ध्यान दिनुपर्ने विषय जलवायु परिवर्तन हो। यसले गर्दा आज हिमालहरु पग्लिएका छन्। हिमालयमा पनि हिउँ नै छैन् अहिले । त्यसैले विस्तारै नेपालमा धेरै समस्याहरु आउन सक्छ।

डिजेल पेट्रोलको प्रयोग नेपालमा अत्याधिक भइरहेको छ। त्यसले धेरै समस्या पारेको छ । त्यसैले नेपालमा इलेक्ट्रीक भेकलहरुको प्रयोग जस्ता धेरै कुराले जलवायु परिवर्तनलाई रोक्न सक्छौं । काठमाडौंमा मात्र पनि इलेक्ट्रीक भेकलहरुको प्रयोग बढाउन सक्यौं भने धेरै मद्दत पुग्ने छ ।’

प्रकाशित : २६ पुष २०८१, शुक्रबार १६:१६