काठमाडाैं । एनएमबि बैंक(NMB)का संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यहीँ २०८१ पुस २५ गते, बिहिबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।
बैंकको २०८१ असारसम्ममा खुद नाफा २ अर्ब २४ करोड रूपैयाँ, निक्षेप २२७.१० अर्ब रूपैयाँ र कर्जा २०४.६१ अर्ब रूपैयाँ रहेको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
Comment