ईबवा हाइड्रोपावरको १५ औ वार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ईबवा हाइड्रोपावरको १५ औ वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । ईबवा हाइड्रोपावर लिमिटेडको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा २४ गते बुधवार होटल क्रिष्ट्रल पशुपति, गौशालामा सम्पन्न भएको हो ।

कम्पनीका अध्यक्ष सुमित्रादेवि न्यौपानेको अध्यक्षतामा भएको सभाले कम्पनीको सवै प्रस्तावमाथि छलफल गरि पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को वासालत तथा नाफा नोक्सान सम्वन्धि हिसावका सम्वन्धमा छलफल गरि पारित गरेको छ । त्यसैगरी सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले संचालन गरिरहेको ९.७ मे.वा. क्षमताको माथिल्लो ईबवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य परियोजना हो । २०८० साल आषाढ महिनामा आएको बाढी तथा पहिरोको कारण अवरुद्ध यस आयोजना मर्मत संभार गरि २०८० साल चैत्र २८ गतेवाट पाँचथर जिल्लाको हिलियाब गाँउपालिकामा अवस्थित नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनमा जोडि व्यवसायिक विद्यूत उत्पादन गरिरहेको छ ।

ईबवा हाईड्रोपावर लिमिटेडले व्यवसाय विस्तार गर्ने योजना अनुरुप कम्पनीको संचालनमा रहेको माथिल्लो ईबवा खोला साना जलविद्युत आयोजनाको विद्युतगृहबाट करिव ५०० मिटर डाउनस्ट्रीम तर्फ सा्ेही खोलाको पानी उपयोग गरी ८ मेगावाट क्षमताको तल्लो ईबवा खोला जलविद्युत आयोजनामा बहुमत शेयर लगानी गरी निर्माण गर्ने योजना कम्पनीको रहेको छ ।

कम्पनीले विकास गरिरहेको यस आयोजनाको नेपाल सरकार विद्युत विकास विभाग बाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी सम्भाव्यता अध्ययन सम्पन्न गरी हाल नेपाल विद्युत प्राधिकरण समक्ष विद्युत खरिद विक्री सम्झौताका लागि निवेदन दिएको छ । ईबवा हाईड्रोपावरले नयाँ आयोजनाहरु निर्माण गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित : २४ पुष २०८१, बुधबार १६:०९