भ्रष्टाचारको फाइल खोल्दिन्छु भनेको सुन्दा सुन्दा नागरिक आजित छन् : गगन थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

भ्रष्टाचारको फाइल खोल्दिन्छु भनेको सुन्दा सुन्दा नागरिक आजित छन् : गगन थापा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली ,पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्का पूर्वप्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भ्रष्टाचारको फाइल टुंगो लगाउनुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा फाइल खोल्दिन्छु भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था रहेको भन्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै तीन जनालाई बाेलाएर कुन–कुन काण्डको फाइल खोल्ने हो टुंगो लगाउन सुझाव दिए ।

उनले भने, ‘यहाँ पूर्वप्रधानमन्त्री आजको बैठकमा आउनुभएको छ । अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ । बरु अर्को एकजना पूर्वप्रभानमन्त्रीलाई चाँही आमन्त्रित गरेर भएतापनि यही समितिमा बसरे छलफल गरौं । भ्रष्टाचारको कुन–कुन कण्डको फाइल खोल्ने हो टुंगो लगाउँ । फाइल खोल्दीन्छु भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था छ ।’

प्रकाशित : १८ पुस २०८१, बिहिबार १५:०० 2 January, 2025 3:00 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।