नेको इन्स्योरेन्सले पायाे धितोपत्र बोर्डबाट हकप्रद जारी गर्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेको इन्स्योरेन्सले पायाे धितोपत्र बोर्डबाट हकप्रद जारी गर्न अनुमति



काठमाडौं । नेको इन्स्योरेन्सलाई हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ। बोर्डले पुस ९ गते इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको हो।

कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ कित्ता शेयर जारी गर्ने भएको छ।

हकप्रद निष्कासनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

प्रकाशित : १० पुष २०८१, बुधबार १२:२६