सेयर बजार १४ अंकले बढ्याे, काराेबार रकम पनि बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार १४ अंकले बढ्याे, काराेबार रकम पनि बढ्याे



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज बजार १४.११ अंकले बढेर २६२६.३१ को विन्दुमा रोकिएको हाे। अघिल्लो दिन सोमबार पनि नेप्से परिसूचक २८.९१ अंक बढेर २६१२.२० विन्दुमा पुगेको थियो ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.५८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३अंक बढेको छ। आज १६७ कम्पनीको मूल्य बढ्यो भने ७१ कम्पनीको सेयर मूल्य घटेको छ।

आज ३१२ कम्पनीको एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब २० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको हो । आज यस कम्पनीको २० करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जोशी हाइड्रोको १९ कुरोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको नाैं करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।त्यस्तै, सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित : ९ पुष २०८१, मंगलवार १५:२३