आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा



काठमाडौ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज९नेप्से०ले मंगलबारदेखि संस्थाको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो।

संस्थाले लाभांश घोषणासम्बन्धी जानकारी कारोबार समयमा प्रदान गरेका कारण पुस ८ गते संस्थाको सेयर कारोबार स्थगन गरिएको थियो ।

संस्थाले नेप्सेबाट जारी गरिएका प्रचलित कानुनको परिपालना गर्ने प्रतिबद्धता सहित धितोपत्रको कारोवार फुकुवा गरिदिन आग्रह गर्दै पुस ८ गते नेप्सेलाई पत्र पठाएको थियो । नेप्सेले संस्थालाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै सूचीकरण स्थगन फुकुवा गरेको जनाएको छ ।

प्रकाशित : ९ पुष २०८१, मंगलवार १५:११