काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमाबार दोहोरो अंकले बढेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक २८.९१ अंक बढेर २६१२.२० विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.४८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे चार अर्बको सेयर खरिदबिक्री भएको बजारमा आज ३२८ कम्पनीको चार अर्ब ४३ करोड २४ हजार रुपैयाँबराबरको ८९ लाख ८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
त्यसैगरी आज सपोर्ट लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर र बाराही हाइड्रोपावर पब्लिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज जानकी फाइनान्सको १८ करोड ८४ लाख ६६ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
Comment