नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने



काठमाडौं । नागरिक लगानी कोषले लाभांश दिने घोषणा गरेको छ । पुस ७ गते बसेको कोषको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।

बैठकले आव २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश प्रदान गर्न अर्थ मन्त्रालयले सहमति प्रदान गरेपछि कोषको आगामी साधारण सभाबाट अनुमोदन गराई वितरण गरिनेछ ।

प्रकाशित : ७ पुष २०८१, आईतवार १२:२२