सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारण सभा, बुकक्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारण सभा, बुकक्लोज कहिले ?



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा गर्ने भएको छ। बैंकले पुस २८ गते आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान साढे १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले एसबिएल ८.२५ प्रतिशत अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृतीपश्चात जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। त्यसैले पुस १३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : 22 December, 2024 10:33 am