काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका उनलाई मंसिर ४ गते भक्तपुरस्थित निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । उनीमाथि साइबर अपराधमा अनुसन्धान भइरहेको छ । त्यसैबीच प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको रिट न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले खारेज गरिदिएको हो ।
प्रसाईंले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए। जसमा १४ मे २०१९ मिति राखिएको एउटा कागजमा लगानी रकम २१ करोड यूएसडी तथा लगानीकर्ता खड्का प्रसाद ओली उल्लेख छ ।
यद्यपी प्रधानमन्त्रीको नाम खड्ग प्रसाद ओली हो । प्रसाईंले विदेशमा लगानी गरेको विषयमा पर्याप्त प्रमाण पनि पुष्टि गर्न सकेका छैनन् । उनले देखाएको कागजातमा प्रधानमन्त्रीको नामको हिज्जे मिलेको छैन जसले उनको दावीको सत्यतामाथि नै प्रश्न उठेपछि समातिएका हुन् ।
Comment