कुमारी बैंकको संस्थापक शेयर विक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा



काठमाडाैं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीका नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । विक्रीमा राखेको यो शेयर हाललाई बैंकका हाल कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक शेयरधनीले शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

तोकिएको समयभित्र संस्थापक शेयधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित : 21 November, 2024 11:12 am