प्रसाईँलाई अदालतले ५ दिनको हिरासतमा राख्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रसाईँलाई अदालतले ५ दिनको हिरासतमा राख्न अनुमति



काठमाडाै । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले ५ दिनको हिरासतमा राख्न अनुमति दिएको छ।

साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईँलाई काठमाडौं जिल्ला अदालतले बुधबार ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध गलत समग्री बनाए दुष्प्रचार गरेको आरोपमा प्रसाईँलाई भक्तपुरस्थित निवासबाट प्रहरीले मंगलवार पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न अदालतले ५ दिन म्याद थप गरेको हो।

प्रकाशित : ५ मंसिर २०८१, बुधबार १३:५८