नाडेप लघुवित्तको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी आचार्यलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नाडेप लघुवित्तको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी आचार्यलाई



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी शिव प्रसाद आचार्यलाई दिइएको छ । कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी आचार्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

आचार्यले अर्को व्यवस्था नभएसम्म कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पुरा गर्ने जानकारी कम्पनीले दिएको छ । आचार्य कम्पनीका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुन ।

प्रकाशित : २ मंसिर २०८१, आईतवार १२:०१