अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याज घटाए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याज घटाए



काठमाडौं । मंसिर महिनामा पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । मंसिरमा २० मध्ये ११ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ८ वाणिज्य बैंकले स्थिर र एकले सामान्य बढाएको छ ।

मंसिरमा नेपाल बैंकको व्यक्तिगतर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.९५, माछापुच्छ्रेले मंसिरमा व्यक्तिगत मुद्दतितर्फ ६ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत, कृषि विकासले पनि व्यक्तिगततर्फ ५.५३६३ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत, एनआइसी एशियाले व्यक्तिगततर्फ ६.७९ प्रतितश र संस्थागतमा ५.७९ ब्याजदर निर्धारण गरेका छन् ।

यस्तै ​​​​एनएमबिले व्यक्तिगततर्फ ५.५७ प्रतिशत र संस्थागतमा ४.५७ प्रतिशत, स्ट्याण्डर्डले व्यक्तिगतमा ६.२५ प्रतिशत र संस्थागतमा ३.५ प्रतिशत, सिटिजन्सले व्यक्तिगतमा ५.६५ र संस्थागतमा ४ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगत ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत र कुमारी बैंकले व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागततर्फ ४.९१ प्रतिशत निर्धारण गरेका छन् ।

नबिल, ग्लोबल र प्राइमले व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेका छन् भने नबिल, ग्लोबल र सिद्धार्थ, नेपाल एसबिआई राष्ट्रिय वाणिज्य र एभरेष्टले बैंकले व्यक्तिगततर्फ ६ प्रतिशततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

प्रकाशित : ३० कार्तिक २०८१, शुक्रबार १४:३४