समृद्धि फाइनान्सले मनायो २३ औं वार्षिकोत्सव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थबजार स्टोरी

समृद्धि फाइनान्सले मनायो २३ औं वार्षिकोत्सव

समृद्धि फाइनान्सले २३ औं वार्षिकोत्सव उत्साहजनक साथ मनाएको छ। फाइनान्सले आर्थिक वृद्धिसँगै शारीरिक सुस्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्वास्थ्य नै धन’ भन्ने नाराका साथ काठमाडौंमा साइकल र्‍याली निकालेको थियो ।

कात्तिक २५ गते आयोजित र्‍यालीमा समृद्धि फाइनान्सका कर्मचारी र सञ्चालक समितिका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । साथै फाइनान्सका १३ वटै शाखाहरूमा कर्मचारीहरू र बचतकर्ताको उपस्थितीमा केक काटेर खुशी मनायो। त्यस्तै कार्यक्रमले संस्थाको २३ वर्षको सेवा बृद्धि, समुदाय र सरोकारवालाहरूका आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको समर्पणलाई जोड दिइएको हो ।

साथै समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर।टि।जि।एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

प्रकाशित : २६ कार्तिक २०८१, सोमबार १५:१७ 11 November, 2024 3:17 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।