समृद्धि फाइनान्सले २३ औं वार्षिकोत्सव उत्साहजनक साथ मनाएको छ। फाइनान्सले आर्थिक वृद्धिसँगै शारीरिक सुस्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्वास्थ्य नै धन’ भन्ने नाराका साथ काठमाडौंमा साइकल र्याली निकालेको थियो ।
कात्तिक २५ गते आयोजित र्यालीमा समृद्धि फाइनान्सका कर्मचारी र सञ्चालक समितिका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । साथै फाइनान्सका १३ वटै शाखाहरूमा कर्मचारीहरू र बचतकर्ताको उपस्थितीमा केक काटेर खुशी मनायो। त्यस्तै कार्यक्रमले संस्थाको २३ वर्षको सेवा बृद्धि, समुदाय र सरोकारवालाहरूका आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको समर्पणलाई जोड दिइएको हो ।
साथै समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर।टि।जि।एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।
Comment