अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा



वासिङ्टन । अमेरिकामा रिपब्लिकन उम्देवार डोनाल्ड ट्रम्पको जितको औपचारिक घोषणा भएको छ। समाचार एजेन्सी एपीका अनुसार अधिकांश राज्यको मतगणना सकिएको छ । त्यहीकारण रिपब्लिकनका प्रत्यासी ट्रम्पलाई विजेता घोषित गरिएको हो ।

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत हासिल गर्ने क्रममा २७९ इलेक्टोरल कलेज भोट मिलेको छ। उनीसँग पराजित डेमोक्रेटिककी उम्देवार कमला ह्यारिसले २१९ मात्रै इलेक्टोरल कलेज भोट लिन सफल भइन् । उनी जो बाइडेन नेतृत्वको प्रशासनमा उपराष्ट्रपति थिइन् ।

ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेट्समा जित निकालेका छन् । यिनमा जर्जिया, नर्थ क्यारोलाइना, भिस्कान्सिन र पेन्सिलभेनिया रहेका छन् ।

अमेरिकामा कूल ५३८ इलेक्टोरल कलेज भोट छन् । सिनेटमा १०० र हाउस अफ रिप्रिजेन्टेटिभका ४३८ मध्ये बहुमतका लागि २७० मत आवश्यक हुन्छ ।

स्विङ स्टेटमध्ये जर्जिया र नर्थ क्यारोलाइनामा १८-१६ इलेक्टोरल भोट छन्। पेन्सिलभेनियामा सबैभन्दा धेरै १८ इलेक्टोरल कलेज भोट छन् ।

बाँकी तीन स्विङ स्टेट नेभाडा, मिशिगन र एरिजोनाको मतपरिणाम भने कमला ह्यारिसको पक्षमा गएको छ ।

प्रकाशित : २१ कार्तिक २०८१, बुधबार १७:११