नेप्सेमा दुई कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दुई कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेप्सेले लिब्रेटी इनर्जी कम्पनी र बलेफी हाइड्रोपावरीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

नेप्सेले लिब्रेटी इनर्जी कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १०० प्रतिशत हकप्रद पछि २१७ रुपैयाँ ३३ पैसामा मूल्य समायोजन गरेको हो । नेप्सेले आजको अन्तिम कारोबार मूल्य २७६ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, बलेफी हाइड्रोपावरीको १०० प्रतिशत हकप्रद पछि ३०६ रुपैयाँ ६० पैसामा मूल्य समायोजन गरेको हो । नेप्सेले आजको अन्तिम कारोबार मूल्य ५१३ रुपैंया २० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोलीदेखि सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित : २० कार्तिक २०८१, मंगलवार १६:०८