सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका मेयर देवकुमार नेपाली पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका मेयर देवकुमार नेपाली पक्राउ



काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।

प्रहरीले उनलाई भारतको नयाँ दिल्लीबाट शुक्रबार पक्राउ गरेको सीआईबीले पुष्टि गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका (सीआईबी) प्रमुख एआइजी दीपक थापाले नेपालीमाथि रेड कर्नर नोटिस यसअघि नै जारी गरिएको भन्दै उनलाई पक्राउपछि नेपाल ल्याउने तयारी भइरहेको बताए ।

नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष रहेका नेपालीले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको भन्दै बागलुङ जिल्ला अदालतमा मुद्दा परेको थियो ।

प्रकाशित : ११ आश्विन २०८१, शुक्रबार १६:४५