प्रधानमन्त्रीले भदौ ३१ गते संसदलाई सम्बोधन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रधानमन्त्रीले भदौ ३१ गते संसदलाई सम्बोधन गर्ने



काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा सम्बोधन गर्न लागेका हुन् ।


राष्ट्र संघको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाँदैछन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभा अमेरिकाको न्युयोर्कमा बुधबारदेखि सुरु भएको छ । महासभा भदौ २६ गतेदेखि सुरु भए पनि विभिन्न विषयगत छलफलहरू असोज ८ गतेदेखि १२ गतेसम्म हुने राष्ट्र संघको कार्यतालिकामा उल्लेख छ ।

सोही अन्तर्गत प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित : २७ भाद्र २०८१, बिहीबार १४:००