नेपाल ल्युब आयलले घोषणा गर्‍यो लाभांश, प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपाल ल्युब आयलले घोषणा गर्‍यो लाभांश, प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्ने



काठमाडाैं । नेपाल ल्युब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । यसका साथै बैठकले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्ने समेत निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कम्पनीको ३३ औं साधारण सभा आगामी असोज १८ गते ललितपुरको पुल्चोकमा रहेको याक प्यालसेमा बिहान साढे ११ बजेदेखि सुरु हुने जनएको छ।

उक्त सभामा प्रिमियम मूल्यमा थप एफपीओ निष्कासन गर्ने, एफपीओ निष्कासनपश्चात् प्राप्त पूँजीको उपयोग सम्बन्धमा निर्णय गर्ने, कम्पनीको अधिकृत, जारी तथा चूक्तापूँजी वृद्धि गर्न प्रबन्धपत्र संसोधन गर्ने र कम्पनीका सञ्चालक समिती सदस्य करण कुमार चौधरीलाई कम्पनीको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएकोले सो र निजको सर सुविधा निर्धारण गर्नका लागी साधारण सभामा अनुमोदनको निमित्त प्रस्ताव पेश गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रकाशित : २७ भाद्र २०८१, बिहीबार ११:४९