सेयर बजार २२.७३ अंकले ओरालो लाग्याे, काराेबार रकम पनि खुम्चिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार २२.७३ अंकले ओरालो लाग्याे, काराेबार रकम पनि खुम्चिदै



काठमाडौं । सेयर बजार बुधबार पनि ओरालो लागेको छ । आज बजार २२.७३ अंकले घटेर २६१०.२१ को विन्दुमा झरेको हो। त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ४.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंक घटेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये तीन वटा समूह बढेको छ भने १० वटा घटेको छ। यो दिन ६६ कम्पनीको सेयरमुल्य बढ्दा १७४ वटाको घटेको छ भने चार वटाको स्थिर रहेको छ।

आज ३१७ कम्पनीको छ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँबराबरको एक करोड ५४ लाख २८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

घटेको बजारमा आज विन नेपाल लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। एसियन हाइड्रोपावरको सेयरमुल्य भने सर्वाधिक घटेको छ।

प्रकाशित : २६ भाद्र २०८१, बुधबार १५:२५