उपसभामुखलाई हटाइए सत्तारुढ दलहरुका लागि आत्मघाती हुने छः सभापती लामिछाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

उपसभामुखलाई हटाइए सत्तारुढ दलहरुका लागि आत्मघाती हुने छः सभापती लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन् ।

बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले बिहीबार आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरुको बारेमा वास्तविकता के हो भनि प्रश्न गरेको बताए ।

यदि उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्न लागिएको भन्दै आफूले प्रधानमन्त्रीलाई सचेत गराएको उनले बताए ।

दुई तिहाइको शक्ति भएको सरकारको प्राथमिकताहरु धेरै भएको भन्दै उनले शक्तिको सदुपयोग गर्न आग्रह गरेको पनि उल्लेख गरे ।

प्रधानमन्त्रीले आफू सो विषयमा छलफलमा रहेको जानकारी दिएको बताए ।

सभापति लामिछानेले यदि उपसभामुखलाई हटाइए सत्तारुढ दलहरुका लागि आत्मघाती हुने चेतावनी दिए ।

प्रकाशित : २६ भाद्र २०८१, बुधबार १५:२१