पूर्व मन्त्री धनराज गुरुङमाथि सहकारी ठगी गरेको आरोप, सीआईबीमा उजुरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पूर्व मन्त्री धनराज गुरुङमाथि सहकारी ठगी गरेको आरोप, सीआईबीमा उजुरी



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व मन्त्री धनराज गुरुङमाथि सहकारी ठगी गरेको आरोप लागेको छ ।

गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै सीआईबीमा उजुरी परेको छ ।

मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजविरुद्ध सहकारीका अध्यक्ष कुम्भराज गुरुङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएका हुन् ।

धनराज र ज्योति श्रीमान्–श्रीमती हुन् । उनीहरूमाथि करिब १५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।

धनराज र ज्योतिले केही समय अघि सम्बन्धविच्छेद गरेका छन् । यही विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित : २४ भाद्र २०८१, सोमबार १८:१०