विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताले यसरी पाउछन् १० प्रतिशत कर फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताले यसरी पाउछन् १० प्रतिशत कर फिर्ता



काठमाडौँ । कर लाग्ने वस्तु तथा सेवा खरिद गर्दा तिरिने मूल्य अभिृवद्धि कर (भ्याट)को १० प्रतिशत हिस्सा फिर्ता लिन सकिने भएको छ । उपभोक्ताले बैंक कार्ड वा विद्युतीय पेमेन्ट सेवा दिने वालेटहरुबाट भुक्तानी गरेमा सामान किन्दा तिरेको भ्याटको १० प्रतिशत रकम सम्बन्धित बैंक वा भुक्तानी सेवा प्रदायक वालेटको खातामा फिर्ता हुने भएको हो ।

मंगलबारबाट तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता पाउने व्यवस्था कार्यान्वयनमा आएको हो ।

सरकारले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न १० प्रतिशत कर फिर्ता दिने व्यवस्था गरेको छ। आन्तरिक राजस्व विभागले सोमबार जारी गरेको सूचनाअनुसार यो सुविधा विशेषतः केही वस्तु तथा सेवामा खर्च गर्दा उपलब्ध हुनेछ।

‘मूल्य अभिवृद्धि कर ऐन, २०५२’ अनुसार विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई १० प्रतिशत कर फिर्ता गरिने व्यवस्था छ। यो रकम विभागले तोकेको प्रक्रिया अनुसार उपभोक्ताको बैंक खातामा फिर्ता हुनेछ।

सूचनामा उल्लेख भएअनुसार यो सुविधा मदिरा पिउने केन्द्र (बार), रेस्टुरेन्ट, होटल, मोटल, लज, र गेष्ट हाउसमा प्राप्त हुनेछ।

प्रकाशित : २४ भाद्र २०८१, सोमबार १६:१४