काठमाडाैं । सानिमा क्यापिटलको योजना व्यवस्थापनमा सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ फण्डहरुले प्रतिफल घोषणा गरेका छन्। क्यापिटलले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न लागेको हो ।
सानिमा इक्विटी फण्डले गत आर्थिक वर्षका लागि कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने सानिमा लार्ज क्याप फण्डले १० प्रतिशत र सानिमा ग्रोथ फण्डले १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
यी सबै फण्डहरुको कोष प्रबद्र्धक सानिमा बैंक रहेको छ।
Comment