काठमाडौं । मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० को विन्दुमा कायम भएको हो।
आज २० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ। आज ३३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको ५१ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अरुण भ्यालीको ४५ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यसैगरी आज तारागाउँ रेजेन्सी, आत्मानिर्भर लघुवित्त र दोल्ती पावरको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने, नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये होटल्स एन्ड टुरिजम उपसमूह बाहेक अरु सबै उपसमूह राताम्मे भएका छन। आज होटल्स एन्ड टुरिजम उपसमूह ०.४३ प्रतिशतले बढेको छ।
तर सबैभन्दा बढी बैंकिङ उपसमूह ४.९२ प्रतिशतले घटेको छ । त्यस्तै वित्त उपसमूह ४.६९ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक उपसमूह पनि ४.१८ प्रतिशतले घटेको छ भने लगानीउपसमूह ४.१३ प्रतिशतले घटेको छ ।
Comment