काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्स परिसूचकमा करेक्सन भएको छ। केही समयदेखि निरन्तर उकालो लागिरहेको नेप्सेमा आज उच्च अंकको करेक्सन भएको हो।
आज बजार ७९.८८ अंकले घटेर २८९४.५७ को विन्दुमा कायम भएको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७९.८८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७९ अंक घटेको छ। उच्च अंकको करेक्सन भएको हो।
आज ६० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको सेयर मूल्य घटेको छ।
आज ३३३ कम्पनीको चार करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ७३ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ५१ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज विन नेपाल लघुवित्त, उपकार लघुवित्त, आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र थ्रि स्टार हाइड्रोको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने आज सबैभन्दा धेरै मन्दकिनी हाइड्रोपारका लगानीकर्ताले गुमाएका छन् ।
Comment