सहकारी बिकास बोर्डको सदस्य सचिवमा डा. खड्का नियुक्त, यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी बिकास बोर्डको सदस्य सचिवमा डा. खड्का नियुक्त, यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय



काठमाडौं । सरकारले सहकारी बिकास बोर्डको सदस्य सचिव पदमा डा. खगराज खड्कालाई नियुक्त गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको रिक्त सदस्य–सचिव पदमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

यसैगरी, बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । तोकिएका शर्तको पालना गर्ने गरि टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरिएको हो । यसका साथै, विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरि १६ अधिकृतस्तरको अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

त्यस्तै, सरकारले आयल निगम लिमिडेटलाई जितपुर सिमरा उपमहानगरमा रहेको करिव ५ विघा जग्गा प्राप्ती गर्न स्वीकृत प्रदान गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।

हिजो बसेको बैठकले काठमाडौँ तराई मधेश द्रूतमार्ग सडक आयोजनालाई मकवानपुरमा करिव ३३ हजार ९७५ वर्ग मिटर जग्गा प्राप्ती गर्न स्वीकृत प्रदान गरेको छ ।

प्रकाशित : ७ भाद्र २०८१, शुक्रबार २१:०३