सेयर बजारमा सामान्य सुधार, १९ अर्ब १६ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य सुधार, १९ अर्ब १६ करोडकाे काराेबार



काठमाडौं । साताको अन्तिम काराेबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज बजार ६.०१ अंकले बढेर २९७४.४६ को विन्दुमा कायम भएको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६१ अंक बढेको छ।

आज १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३३३ कम्पनीको चार करोड नाैं लाख ५१ हजार ७२० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शाइन रेसुङगा डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनीको एक करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको ४७ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ४४ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, आज सिद्धार्थ बैंकको ऋणपत्र भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

प्रकाशित : ६ भाद्र २०८१, बिहीबार १५:२५