धितोपत्र बोर्डको सञ्चालकमा महासंघको तर्फबाट अवस्थी सिफारिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र बोर्डको सञ्चालकमा महासंघको तर्फबाट अवस्थी सिफारिस



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले नेपाल धितोपत्र बोर्डको सञ्चालक सदस्यमा महानिर्देशक गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ । महासंघका अध्यक्ष चन्द्र ढकालले गत शुक्रबार महानिर्देशक अवस्थीलाई बोर्ड सञ्चालकमा सिफारिस गरेका हुन ।

धितोपत्र बोर्ड पूँजीबजारको नियामक संस्था हो । सात सदस्यीय सञ्चालक समिति रहने बोर्डमा महासंघको प्रतिनिधि सञ्चालक सदस्य हुने प्रावधान रहेको छ । यस अघि महासंघको तर्फबाट उपाध्यक्ष सुरकृष्ण बैंद्य बोर्डको सञ्चालक रहेका थिए ।

सरकारले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सदस्य बोर्डमा रहने व्यवस्था हटाउन लागेको अवस्थामा महासंघले भने नयाँ प्रतिनिधि सिफारिस गरेको छ ।

प्रकाशित : ४ भाद्र २०८१, मंगलवार ११:४८