नेप्से परिसूचक ४३.०५ अंक बढ्दा, कारोबार रकमले बनायो नयाँ रेकर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ४३.०५ अंक बढ्दा, कारोबार रकमले बनायो नयाँ रेकर्ड



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ४३.०५ अंक बढेर ३०००.८१ विन्दुमा पुगेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १६.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४४ अंक बढेको छ।

आज १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ कम्पनीको सेयर मूल्य घटेको छ ।

त्यस्तै, आज कारोबार रकम नयाँ उचाइमा पुगेको छ। यस भन्दा अगाडी गत सोमबार नेप्सेमा २७ अर्ब २४ करोड रुपैयाँबराबरको सेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको बजारले आज अर्काे उचाई बनाएको छ ।

आज ३३४ कम्पनीको छ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर किनबेच हुँदा २९ अर्ब ९५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ। कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सानिमा माइ हाइड्रोको ८३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यसैगरी, आज बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी ईनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुमाउनेमा आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताहरु रहेका छन् ।

प्रकाशित : ३१ श्रावण २०८१, बिहीबार १५:२५