चन्द्रागिरी हिल्सको नाफामा उल्लेख्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चन्द्रागिरी हिल्सको नाफामा उल्लेख्य सुधार



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म चन्द्रागिरी हिल्सले २२ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमासमा ९१ करोड ३४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत आवको सोही अवधिमा १ अर्ब रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो आवको असार मसान्तसम्म कम्पनीको वित्तीय खर्च २८ करोड ५० लाख रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिको तुलनामा २३ करोड १७ लाख रुपैयाँ छ ।

१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ७ करोड ६ लाख ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.५६ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ छ ।

प्रकाशित : ३१ श्रावण २०८१, बिहीबार ११:३३