कजारिया रमेश टायल्सद्धारा कारखानाको किल्न लाइट अप समारोह सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

कजारिया रमेश टायल्सद्धारा कारखानाको किल्न लाइट अप समारोह सम्पन्न



भैरहवा । कजारिया रमेश टायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइट अप (भट्टी प्रज्वलन) समारोहको सफलतापूर्वक उद्घाटन गरेको छ ।

कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाको प्रमुख उपस्थिति रहेको कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको पनि उपस्थिती रहेको थियो ।

बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरीले कार्यक्रममा सहभागी हुँदै कजारिया रमेश टायल्स लिमिटेड परिवारलाई शुभकामना तथा बधाई दिएका थिए ।

समारोहले नेपालबाट कजारिया रमेश टायल्स उत्पादनका निम्ति महत्वपूर्ण कोशेढुंगा पार गरेको छ । अत्याधुनिक प्रविधिले सुसज्जित कारखानाले कजारिया रमेश टायल्स लिमिटेडलाई बजारको माग अनुसार ब्यापक दायरामा उत्पादन गर्नेछ भने उच्च गुणस्तरका टायलहरूको उत्पादनले बजारमा नयाँ युगको सुरुवात हुनेछ, जसका कारण नेपालमा उच्च गुणस्तरका टायलको माग पुर्ती सँगै मुल्य सहज हुँदा उपभोक्ता समेत लाभमा रहने अपेक्षा कम्पनीले गरेको छ ।

‘नेपालमा नयाँ उत्पादन केन्द्र स्थापना भएको प्रति हामी निकै गौरवान्वित भएका छौं । ‘कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले भने । ‘यो अत्याधुनिक प्लान्ट हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई जनाउँछ, जसले नेपालको बढ्दो बजारलाई अझ राम्रोसँग सेवा दिन हामीलाई देशको पूर्वाधार विकासमा योगदान गर्न सक्षम बनाउँछ।’

ूहामी हाम्रो नयाँ उत्पादन कारखानाको सफल उद्घाटनबाट अत्यन्त हर्षित छौं,’ कजारिया रमेश टाइल्स लिमिटेडका अध्यक्ष प्रतिक जलानले भने ।’ यो विस्तार हाम्रो वृद्धि र विश्वस्तरीय टायल प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो । मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै टायलमा आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रिया पार गरेका छौं । ‘

प्रकाशित : २९ श्रावण २०८१, मंगलवार ११:३६