अरुण भ्याली हाइड्रोपावरको नाफामा गिरावट, प्रतिसेयर आम्दानी पनि ऋणात्मक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

अरुण भ्याली हाइड्रोपावरको नाफामा गिरावट, प्रतिसेयर आम्दानी पनि ऋणात्मक



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले समीक्षा वर्षमा ५८ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो वर्ष कम्पनीले ५ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा ८८.४३ प्रतिशतको संकुचन आएको छ।

कम्पनीको विभिन्न जलविद्युत आयोजनाको विद्युत बिक्रीबाट हुने आम्दानी ११ करोड २२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी २६ करोड २७ लाख रुपैयाँ थियो। विद्युत बिक्रीबाट हुने आम्दानी ५७.२७ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ३ अर्ब ७३ करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा १४ करोड ७५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ५ करोड ५० लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ०.१६ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १०३.०८ रुपैयाँ रहेको छ।

प्रकाशित : २९ श्रावण २०८१, मंगलवार ११:०७