मैलुङ खोला जलविद्युतको ‘लक इन’ अवधि सकियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मैलुङ खोला जलविद्युतको ‘लक इन’ अवधि सकियाे



काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको ‘लक इन’ समयावधि समाप्त भएको छ । कम्पनीको कुल २९ लाख कित्ता बढी सेयरको लक इन अवधि साउन २६ गते समाप्त भएको हो ।

‘लक इन’ अवधि सकिएसँगै संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको ३ लाख ६८ हजार १४४ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको १४ हजार ७२६ कित्ता गरी कुल २९ लाख ५९ हजार ८७० कित्ता सेयरको लक इन अवधि सकिएको कम्पनीले जनाएको छ ।

कम्पनीले विस २०७४ जेठ १७ गतेदेखि जेठ ३१ गतेसम्म स्थानिय बासिन्दाका लागि र २०७८ साउन १४ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारण९कर्मचारी समेत०का लागि आईपीओ निष्कासन गरेको थियो।

उक्त आईपीओ २०७८ साउन २६ गते बाँडफाँड गरिएको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको ३ वर्ष साउन २६ गते समाप्त भएकाले उक्त अवधिभर लक इनमा रहेको,स्थानिय बासिन्दाका लागि जारी गरिएको,संस्थापक तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिएको छ ।

प्रकाशित : २७ श्रावण २०८१, आईतवार ११:५३