काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य बृद्धि भएको छ । आज बजार ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा कायम भएको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.२१ अंक र फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक घटेको छ।
आज ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ।
आज ३२२ कम्पनीको पाँच करोड नौं लाख ४६ हजार ८३२ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको एक अर्ब २० करोडको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको एक अर्ब ७ करोडको सेयर कारोबार भएको छ ।
आज कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एण्ड आयल र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने आज सबैभन्दा धेरै एनआरएनका लगानीकर्ताले गुमाएका छन् ।
Comment