नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । उनका पिता श्रवण कुमार अग्रवालको ७७ वर्षको उमेरमा साउन २१ गते सोमबार निधन भएको हो ।

औद्योगिक घराना आरएमसी ग्रूपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल थिए । सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय रहेका अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालनमा छन् ।

मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय अग्रवाल दुई पटक संविधान सभाको सदस्य पनि भएका थिए । गौशालालगायत अन्य मठ मन्दिर निर्माणमा योगदान गरेका उनले संस्थागत एवं व्यक्तिगत रुपमा सामाजिक क्षेत्रमा समेत योगदान गरेका थिए ।

स्वर्गीय अग्रवालका श्रीमती दुलारी, एक छोरी बबिता, दुई छोराहरु राजेश र विष्णु छन् । स्वर्गीय अग्रवालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष राजेशकुमार अग्रवाललगायत परिवाजनप्रति परिसंघले समवेदना प्रकट गरेको छ ।

प्रकाशित : २२ श्रावण २०८१, मंगलवार ११:२६