लेबनानबाट नेपाली फिर्ता गराउन ट्रेड युनियन कांग्रेसको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

लेबनानबाट नेपाली फिर्ता गराउन ट्रेड युनियन कांग्रेसको माग



काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले लेबनानबाट नेपाली नागरिकहरुलाई देश फर्काउन पहल नगरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । लेबनानमा आप्रवासी श्रमिकका रुपमा कार्यरत हजारौं नेपालीहरुलाई गम्भीर संकट सिर्जना नहुँदै तत्काल स्वदेश फर्काउनका लागि आवश्यक पहल गर्न नेपाल सरकार समक्ष महासंघले अपील गरेको छ ।

साथै, इजरायलको इरान, प्यालेस्टाइनसँग विद्यमान द्वन्द्वरत अवस्थामा समेत नेपाल सरकारबाट इजरायलमा पछिल्लो समय दुई हजार नेपाली कामदार पठाउने निर्णय अपरिपक्व एवं अमानवीय रहेको समेत महासंघको ठहर छ ।

तसर्थ, लेबनानमा कार्यरत नेपालीहरुलाई सुरक्षित उद्धार र द्वन्द्वरत इजरायलमा तत्काल नेपाली कामदार पठाउने कार्य रोक्न नेपाल सरकार समक्ष नेपाल ट्रेड युनियन काँग्रेस माग पनि राखेको छ ।

प्यालेस्टिनी विद्रोही समूहसँग युद्ध गरिरहेको इजरायलमा थप नेपाली केयर गिभर पठाउन वैदेशिक रोजगार विभागले यस अघि नै प्रक्रिया अगाडि बढाएको थियो । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी सं यन्त्रमार्फत नै केयर गिभर छनोट गरी पठाउने प्रक्रिया अगाडि बढाइएको हो ।

इजरायलले २०२२ को अगस्टदेखि दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा केयर गिभर लैजान थालेको हो ।उता, लेबनान मामिला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा कार्यरत नेपाली श्रमिकको विवरण संकलन गर्दै सतर्कता तथा सचेतना अपनाउन आग्रह गरेपनि स्वदेश फर्काउने प्रक्रिया अगाडि बढाएको छैन्।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार १७:५६