गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल ल्युब आयलले हालै पार्टनर मिट कार्यक्रम आयोजना गरेको छ । बाराको सिमरामा आयोजित दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर र कम्पनीकाप्रतिनिधिहरुको सहभागिता थियो।

उक्त अवसरमा अघिल्लो आर्थिक वर्षको समीक्षा गर्दै आगामी दिनको रोड म्याप बनाउन गम्भीर छलफल भएको कम्पनीले बताएको छ । त्यसअवसरमा कम्पनी,साझेदारको रुपमा रहेका पाटर्नस, रिटेलर्स तथा प्राइभेट ग्यारेज मेकानिक्स र ग्राहक बीचको सम्बन्ध अझै मजबुत बनाउनेबारेमा सहभागीहरुले जोड दिएका थिए । कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट पार्टनरहरुलाई सम्मानित गरिएको थियो।

कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन। सबै मिलेर एकजुट भएर समस्यालाई पछाडी राखेर अगाडी बढ्नु पर्नेछ। हाम्रो सम्बन्धलाई अझै मजबुत बनाई राख्नमा र टिम हरदम तयार र प्रतिबद्ध हुनु पर्दछ। हामी आफ्नो क्षमता बढाउन नयाँ उच्च गुणस्तर ग्रेडको ल्युब उत्पादन गर्न कारखानामा थप लगानी गर्दैछौं । यसबाट नेपाली उपभोक्ताले सर्वसुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरूको फाइदा पाउनेछन् ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार १३:४१