वाणिज्य बैंकमध्ये लाभांश दिने क्षमतामा एभरेष्ट बैंक अब्बल, कुनकाे अवस्था कति ? (सूचिसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

वाणिज्य बैंकमध्ये लाभांश दिने क्षमतामा एभरेष्ट बैंक अब्बल, कुनकाे अवस्था कति ? (सूचिसहित)



काठमाडौं । सबै वाणिज्य बैंकहरुले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार १६ वटा वाणिज्य बैंकहरुको मात्रै लाभांश वितरण गर्ने क्षमता देखिएको छ भने ४ बाँड्न नसक्ने देखिएको छ।

लाभांश क्षमताका हिसाबले एभरेष्ट बैंक अगाडि रहेको छ। यो बैंकको लाभांश क्षमता २९.८६ प्रतिशत रहेको छ। दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। यो बैंकले साढे २६ प्रतिशत लाभांश बाँड्ने सक्ने देखिएको छ।

कृषि विकास बैंक तेस्रो स्थानमा रहेको छ। यो सरकारी बैंकले लगानीकर्तालाई १७.३७ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ।

यसैगरी नबिल बैंकले १४.२६ प्रतिशत, नेपाल एसबीआई बैंकले १०.७६ प्रतिशत र सानिमा बैंकले १०.४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएका छन्।

बाँकी १० वटा बैंकले भने सिंगल डिजिटलमा लाभांश वितरण गर्न सक्ने क्षमता बनाएका छन्। एनआईसी एसिया, हिमालयन, कुमारी र नेपाल इन्भेस्टमेन्ट बैंकले भने लाभांश दिन सक्ने देखिएको छ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार १२:०५